संक्रमितप्रति सकारात्मक व्यवहार गर्न आग्रह « Khabarhub

संक्रमितप्रति सकारात्मक व्यवहार गर्न आग्रह


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देहीले प्रदेशका जिल्लामा समूदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिनेक्रम बढदो रहेकाले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियुसहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ ।

स्थानीय पालिकालाई समयमै क्वारेन्टिन र आइसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउनसमेत आग्रह गरिएको छ । यस कार्यका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भुमिका निर्वाह गर्न नेकपाले निर्देशन जारी गरेको छ ।

पार्टी जिल्ला कमिटी कार्यालयको आज बुटवलमा बसेको बिस्तारित बैठकपछि प्रचार विभाग प्रमुख मोहन चापागाईँद्धारा जारी विज्ञप्तीमा डिसीसीएमसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको जनाइएको छ ।

बैठकले जिल्लाका विभिन्न ठाउँमा देखिएका सङ्क्रमितप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महशुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, सामाजिक संघसंस्था र टोलवासीलाई आग्रह गरेको प्रवक्ता चापागाईँले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्षसहितको प्रतिवेदन बुझाएकामा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

पार्टी जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले केन्द्रमा देखिएका सम्पूर्ण विवादको समाधान कार्यदलले पेश गरेको प्रतिवेदनले कार्यकर्तालाई उत्साह थपेकाले अब कार्यकर्ताले उत्साहपूर्वक पार्टी काममा लाग्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको मुख्य कार्यभार महामारी विरूद्वको लडाई भएको बताउँदै स्थानीय, प्रदेश, संघीय सरकार, राजनैतिक पार्टी तथा सामाजिक संस्थासमेत हातेमालो गरेर यो लडाई जित्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ५८ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई