स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन « Khabarhub

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको यस विषम परिस्थितिमा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले कारवाहीका लागि मातहतका निकायमा निर्देशन दिएको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही गर्न मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमको मूल्यांकन, विश्लेषण समेतको आधारमा थप जोखिम बढ्न नदिन संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ गृहको विज्ञप्ति

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : ३१ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै