मास्क नलगाउने ३१ हजारलाई कारवाही « Khabarhub

मास्क नलगाउने ३१ हजारलाई कारवाही


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको जानकारी दिएको छ ।

आजसम्म कुल ४ लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ ।

यस्तै ३१ हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म अनुमति नलिइ काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ४४ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज