सेभ द चिल्ड्रेनद्वारा १ करोड ७५ लाख बराबरको ७ थान भेन्टिलेटर सहयोग « Khabarhub

सेभ द चिल्ड्रेनद्वारा १ करोड ७५ लाख बराबरको ७ थान भेन्टिलेटर सहयोग


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ महामारी नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई ७ वटा आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

एक करोड ७५ लाखबराबरका ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सरकारलाई हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल फन्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रेनका तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेसन मेकानिजम (सीसीएम) अध्यक्ष रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ती भेन्टिलेटर मन्त्रालयको प्राथमिकताअनुसार प्रयोगमा आउनेछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमुना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मेसिन) पनि उपलब्ध गराएको सेभ द चिल्ड्रेनले जनाएको छ । देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १० : ३४ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज