नियमित उडान हुने निर्णयले खाडीका नेपालीमा छायो खुसी « Khabarhub

नियमित उडान हुने निर्णयले खाडीका नेपालीमा छायो खुसी



दोहा— नेपाल सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि कतार, साउदी अरब र कुवेतबाट पनि नियमित उडान गर्ने भएपछि प्रवासी नेपालीहरूले खुसी प्रकट गरेका छन् ।

स्वदेश फिर्तीको पर्खाइमा बसेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसीको कुरा लेखेका हुन् । कतिपयले सरकारले ढिलो गरेकोमा आक्रोश प्रकट गरे पनि घर फर्किन पाउने भएकोमा सन्तोष प्रकट गरेका छन् ।

गजेन्द्र हर्मेल सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी खाडी मुलुकमा विभिन्न कारणले स्वदेश फर्कनु पर्नेहरूको हकमा ढिलै भए पनि नेपाल सरकारले राम्रो निर्णय गरेको छ खुशी लाग्यो, अब स्वदेश फिर्तिको लागि टिकट पनि अलिक सस्तोदरमा उपलब्ध गराइयोस् ।’

यस्तै, कतारबाट संखुवासभाका केदार जोगी लेख्छन्, ‘आशा छ, महिनौँदेखि बेरोजगार, अभाव कष्ट तथा परिवारसँगको विछोडको पिडाले बिरानो भूमिमा छटपटाइरहेका नेपाली जनको ढिलै भए पनि नेपाल फर्किने सपना पूरा हुने छ, खुशी लाग्यो ।’

साउदी अरबबाट दीपक आले लेख्छन, ‘रेगुलर उडान भनेर पैसा अहिले जति नै त लिने होला नि ? तर, जे होस् ढिलै भए पनि धेरै घर जान पाउँछन्, त्यो नै खुशी मानौँ साथीहरू ।’

कतारबाट सुनसरीका वीरेन्द्र लिम्बू लेख्छन्, ‘नेपाल सरकारले ढिलै भए पनि सही निर्णय गरेको छ, अब कतारबाट म लगायत धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्किन सहज हुने अपेक्षा राखेको छु ।’

यस्तै कुवेत लगाय नियमित उडान सुरु भएका अन्य देशहरूबाट पनि नेपाल सरकारले गरेको यो निर्णयले लामो समयदेखि स्वदेश फिर्तिको पर्खाइमा रहेका हजारौँ नेपालीहरूले सरकारलाई धन्यवाद दिएका छन् ।

कतिपयले सरकारले यसअघि नै चार्टर्ड उडानमार्फत राम्रो आम्दानी गरिसकेको र त्यसपछि मात्र नियमित उडान खोलेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखेका छन् ।

सेप्टेम्बरका लागि तय गरिएको तालिकाअनुसार अहिले उडान भइरहेको छ । अब नयाँ उडान तालिकाअनुसार कतारबाट नेपाल एअरलाइन्सका न्यारोबडी, वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।

यसैगरी, कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ । साउदी अरबको रियादबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्ने जनाइएको छ । यसअघि सरकारले कतार, कुवेत र साउदी अरबमा पीसीआर जाँच सहज नभएको भन्दै नियमित उडानमा रोक लगाएको थियो ।

सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा खाडी मुलुमा रहेका नेपाली राजदूतहरूले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि नियमित उडान संख्या बढाउन सुझाव दिएका थिए ।

कतार, साउदी अरब तथा कुवेतबाट मात्रै ४० हजारको हाराहारीमा नेपालीहरू स्वदेश फिर्तिको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ५५ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको