पूनमको उजुरीपछि उनका पति साम बोम्बे पक्राउ, १२ दिन पहिले भएको थियो बिहे « Khabarhub

पूनमको उजुरीपछि उनका पति साम बोम्बे पक्राउ, १२ दिन पहिले भएको थियो बिहे


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – मोडल तथा कलाकार पूनम पाण्डेको उजुरीपछि उनका पति साम बोम्बे मंगलवार पक्राउ परेका छन् ।

गोवा प्रहरीले पूनमका पति सामलाई पक्राउ हिरासतमा लिएको हो । यी दुईबीच १२ दिनअघि बिहे भएको थियो ।

पूनमले सामविरुद्ध उत्पीडन र कुटपिट गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको थियो, जहाँ पूनम पाण्डेले एक फिल्मको छायांकन गरिरहेकी थिइन् ।

एएनआईका अनुसार दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले पूनमका पति पक्राउ परेको पुष्टि गरे । पुनमले सोमवार राति आफ्ना पतिविरुद्ध उजुरी दिएकी थिइन् ।

पूनमले पतिले आफूमाथि कुटपिट गरेको र गम्भीर परिणाम भोग्ने धम्की दिएको आरोप लगाएकी छिन् ।

यसअघि पूनमले १० सेप्टेम्बरमा आफूले बिहेबारे बताएकी थिइन् । दुवैले सामाजिक सञ्जालमा कैयन् तस्वीर शेयर गरेका थिए । बिहेमा नजिकका आफन्तलाई मात्र बोलाइएको थियो ।

त्यतिबेला पूनमले तस्वीर शेयर गर्दै लेखेकी थिइन् – तिमीसँग सात जन्म बिताउने सपना छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : २३ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि