वामदेव गौतमविरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा « Khabarhub

वामदेव गौतमविरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभामा मनोनित सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको रिटमा सुनुवाइ सुरू गरेको हो ।

यो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

न्यायाधीश आनन्दमोहन भट्टराई

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

प्रतिनिधि सभा सदस्य चयनको निर्वाचनमा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।

त्रिपाठीले दायर गरेको रिटमा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस र नियुक्ति बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका हुन्।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : १८ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको