वामदेव गौतमविरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा | Khabarhub Khabarhub

वामदेव गौतमविरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभामा मनोनित सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको रिटमा सुनुवाइ सुरू गरेको हो ।

यो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

न्यायाधीश आनन्दमोहन भट्टराई

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

प्रतिनिधि सभा सदस्य चयनको निर्वाचनमा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।

त्रिपाठीले दायर गरेको रिटमा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस र नियुक्ति बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका हुन्।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : १८ बजे

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको