आईपीएल : मुम्बई र कोलकाता आमनेसामने हुँदै, हेड टु हेडमा मुम्बई बलियो « Khabarhub

आईपीएल : मुम्बई र कोलकाता आमनेसामने हुँदै, हेड टु हेडमा मुम्बई बलियो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएल मा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ ।

यसअघि एक खेल खेलिसकेको मुम्बई कोलकाताविरुद्ध जीत निकाल्ने लक्ष्यमा छ यस्तै, मुम्बईसँग खेल्दै यो सिजनको सुरुवात गर्न लागेको कोलकाता सुखद् सुरुवातको योजनामा छ ।

मुम्बई यसअघि पहिलो खेलमा चेन्नाई सुपर किङ्स सँग पराजित भएको थियो ।

साविक विजेता टोली मुम्बईको टोलीको नेतृत्व भारतिय क्रिकेट टीमका ओपनर रोहित शर्माले गरिरहेका छन् भने कोलकाताको कप्तान दिनेश कार्तिक छन् ।

मुम्बई आईपीएलको सफल टोली हो । तर, पनि आजको खेलमा यी दुई टोलीबीच को बलियो भन्नेमा क्रिकेट विश्लेषकका आ–आफ्नै विचार छन् ।

विदेशी खेलाडीसहितको सन्तुलित टोलीका रुपमा कोलकता रहेको छ भने मुम्बईमा भारतकै पनि ठूला क्रिकेटर छन् ।
कोलकातामा अलराउण्डर आन्दे रसेल, इयोन मोर्गन, पेट कुमिन्स र सुनिल नाराने जस्ता खेलाडी छन् भने मुम्बईमा कप्तान शर्मा, हार्दीक पाण्ड्या, क्विन्टन डि कक, जस्प्रीत बुम्राह, किरन पोलार्ड जस्ता खेलाडी छन् ।

यी दुई टोलीले आईपीएलमा खेलेको खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । जसमा अहिलेसम्म मुम्बई र कोलकाताले २५ खेल खेलेका छने । त्यसमा १९ खेल मुम्बईले जितेको छ भने ६ खेल मात्रै कोलकाताले जितेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ०५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा