महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो « Khabarhub

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ ।त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ ।

उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो ।

तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको बताइएको हो । सो भवन सोमबार बिहान ४:४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । तर पनि त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन् ।

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको भन्दै बुधबारसम्म त्यहाँ रहेका ३९ जनाको ज्यान गएको उद्धार अधिकारीहरुले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ०४ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि