सरकारले भन्यो : चीनले नेपाली भूमि मिचेको होइन « Khabarhub

सरकारले भन्यो : चीनले नेपाली भूमि मिचेको होइन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमिमा भवनहरू नबनाएको जनाएको छ ।

हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले नेपाल-चीन सीमाका ११ र १२ नम्बर पिलरका बीचमा नेपाली भूमि नमिचिएको जनाएको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार अपराह्न एक विज्ञप्ति जारी गरी नापी विभाग, सरकारी अभिलेख, संयुक्त सीमा अनुगमन टोलीको रिपोर्ट र सीमा नक्साका आधारमा ती भवनहरू नेपाली भूमिका नबनेको प्रष्ट भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार यस्तै समाचार सन् २०१६ मा पनि आएको थियो । त्यसपछि अन्तरमन्त्रालय टिमले स्थलगत अनुगमन गरेको र ती भवनहरू नेपाल-चीन सीमाबाट करिब एक किलोमिटर पर चिनियाँ भूमिमै बनेको ठहर गरेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएका सीमासन्धि र सीमा प्रोटोकलहरूका आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । सीमा सम्बन्धका विषयमा नेपाल र चीन निकट संवादमा रहेको पनि जनाइएको छ ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार हालै आएको थियो । यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो ।

बुधबारै नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गरी नेपाली भूमि मिचिएको भन्ने समाचार खण्डन गर्दै ती भवनहरू आफ्नै भूमिमा बनेको जनाएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : २९ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६