सरकारले भन्यो : चीनले नेपाली भूमि मिचेको होइन | Khabarhub Khabarhub

सरकारले भन्यो : चीनले नेपाली भूमि मिचेको होइन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमिमा भवनहरू नबनाएको जनाएको छ ।

हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले नेपाल-चीन सीमाका ११ र १२ नम्बर पिलरका बीचमा नेपाली भूमि नमिचिएको जनाएको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार अपराह्न एक विज्ञप्ति जारी गरी नापी विभाग, सरकारी अभिलेख, संयुक्त सीमा अनुगमन टोलीको रिपोर्ट र सीमा नक्साका आधारमा ती भवनहरू नेपाली भूमिका नबनेको प्रष्ट भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार यस्तै समाचार सन् २०१६ मा पनि आएको थियो । त्यसपछि अन्तरमन्त्रालय टिमले स्थलगत अनुगमन गरेको र ती भवनहरू नेपाल-चीन सीमाबाट करिब एक किलोमिटर पर चिनियाँ भूमिमै बनेको ठहर गरेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएका सीमासन्धि र सीमा प्रोटोकलहरूका आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । सीमा सम्बन्धका विषयमा नेपाल र चीन निकट संवादमा रहेको पनि जनाइएको छ ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार हालै आएको थियो । यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो ।

बुधबारै नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गरी नेपाली भूमि मिचिएको भन्ने समाचार खण्डन गर्दै ती भवनहरू आफ्नै भूमिमा बनेको जनाएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : २९ बजे

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’