विश्वभर २४ घण्टामा ४ लाख ७७ हजारमा संक्रमण | Khabarhub Khabarhub

विश्वभर २४ घण्टामा ४ लाख ७७ हजारमा संक्रमण


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४५ हजार ५०८ जनाको मृत्यु भएको छ । ७७ लाख ५५ हजार ४८८ जना संक्रमित भएकोमा ३३ लाख ४५ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय