आजका समाचार : पत्रकार समात्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन, देउवा पक्षको अधिवेशन चल्दै, वर्षाले एनपीएल प्रभावित, विभिन्न ठाउँमा हिमपात र होर्मुजमा तनाव « Khabarhub

आजका समाचार : पत्रकार समात्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन, देउवा पक्षको अधिवेशन चल्दै, वर्षाले एनपीएल प्रभावित, विभिन्न ठाउँमा हिमपात र होर्मुजमा तनाव


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाका कारण खेल सञ्चालन गर्न योग्य नभएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबार रातिदेखि परेको लगातारको वर्षाका कारण मैदान भिजेको र खेल सञ्चालन गर्न नसकिने अवस्था बनेको हो । खेल स्थगित भएसँगै लुम्बिनी र चितवनले एक–एक अंक बाँडेका छन् ।

शनिबार नै हुने तालिका रहेको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने तालिका छ । तर, निरन्तरको वर्षाका कारण उक्त खेलसमेत प्रभावित हुने सम्भावना छ ।

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

लगातारको वर्षाले एनपीएलका शनिबारका खेल प्रभावित

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले पत्रकारमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै घटनाको छानबिनमा ढिलासुस्ती नगर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । 

रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी नेतृत्वको सरकारले विधि, न्याय, मानव अधिकार र सामाजिक लोकतन्त्रको सम्मान गर्नुपर्ने बताए।

उनले आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई धरपकड गर्ने वा समाचार लेखेकै आधारमा कसैलाई पक्राउ गर्ने कार्य नगर्न पनि सरकारलाई निर्देशन दिइएको बताए।

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

बुढानीलकण्ठमा देउवा पक्षको अधिवेशन

नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा तेस्रो अधिवेशन आयोजना गरेको छ ।

पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा पक्षले महाधिवेशनको तयारीस्वरूप अधिवेशन गरेको हो ।

अधिवेशनमा कांग्रेस नेता शशांक कोइराला, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायतका नेताहरू सहभागी छन् ।

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका विभिन्न स्थानमा खहरे खोलाको लेदो र पहिरो सडकमा थुप्रिएपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो ।

रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले ढुङ्गा, माटोसहितको लेदो सडकमा थुपारेको छ । त्यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो खस्ने क्रम जारी रहेकाले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले राजमार्ग अवरुद्ध हुनुका साथै पहिरो र लेदो खस्ने जोखिमसमेत कायमै रहेको जानकारी दिए । उनका अनुसार अरनिको राजमार्गका विभिन्न स्थानमा पनि पहिरो गएको छ ।

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फबाट गएका सवारीसाधनलाई काभ्रेका विभिन्न स्थानमा रोकिएको छ ।

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।

डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे(फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताए। उनका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ ।

लगातारको वर्षापछि खुल्यो मौसम

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

होर्मुज जलमार्गमा तनाव चर्कियो, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

ओमानले आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको छ । यसैबीच, इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दै गएको छ ।

ओमानको समुद्री सुरक्षा केन्द्रका अनुसार पानामाको झण्डा बोकेको ‘आरआईटीआई’ नामक व्यापारिक जहाजमाथि आक्रमण भएपछि आगलागी भएको थियो ।

त्यसपछि ओमानी नौसेनाले जहाजमा रहेका २५ जना चालक दलका सदस्यको उद्धार गरेको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत प्रदान गरिएको केन्द्रले जनाएको छ । समुद्री जहाज ट्र्याकिङ वेबसाइट मरिन ट्राफिकका अनुसार उक्त जहाज कच्चा तेल बोक्ने ट्याङ्कर हो ।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताएका छन् । उक्त जलमार्गलाई खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उनको भनाइ छ ।

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी







प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ७ : ५५ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५