साउदीमा थप ३४ नेपालीलाई बहिर्गमन भिसा « Khabarhub

साउदीमा थप ३४ नेपालीलाई बहिर्गमन भिसा



दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप ३४ जना नेपालीले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप ३४ नेपालीलाई बहिर्गमन भिसा दिएको हो ।

योसँगै साउदी सरकारले हालसम्म १ हजार १६५ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ  ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ४५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता