प्रधानमन्त्रीसँग सभापति देउवाको भेटलाई 'सत्ता समीकरण'सँग नजोड्न कांग्रेसको आग्रह | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग सभापति देउवाको भेटलाई ‘सत्ता समीकरण’सँग नजोड्न कांग्रेसको आग्रह


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता समीकरणसँग नजोड्न आग्रह गरेको छ ।

शनिबार प्रधानमन्त्री ओली र देउवाबीच भएको भेटमा सत्ता साझेदारका विषयमा समेत छलफल भएको समाचारहरु बाहिरिएपछि कांग्रेसले यस्तो आग्रह गरेको हो । कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत जनाएको छ ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए ।

उनले सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित नहुने बताएका छन् ।

उनले भनेका छन् ‘लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’

पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै उनले ५ वर्ष प्रतिपक्षी भूमिकामै रहने र सत्ताका लागि कांग्रेस लालयित नभएको बताएका छन् ।

उनले भने,‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौं । नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौं । उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो ।’

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३१ बजे

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई