इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन « Khabarhub

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ ।

संसद भंग भएपछि इजरायलमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो ।

इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सीएएनएनले जानकारी दिएको छ ।

तस्वीर : रोयटर्स

नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ ।

नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ०६ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित