अविश्वासको प्रस्ताव पुस ५ गते ३:३० मा दर्ता भएको संसद सचिवालयको प्रष्टोक्ति « Khabarhub

अविश्वासको प्रस्ताव पुस ५ गते ३:३० मा दर्ता भएको संसद सचिवालयको प्रष्टोक्ति


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समय साढे ३ बजे नै भएको जनाएका हुन् ।

उनले विभिन्न संचारमा माध्यममा आएका समाचारका सम्वन्धमा सचिवालयको ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई  सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा)मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ,’ प्रवक्ता पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले भने अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो।

लगत्तै कतिपय अनलाइनमा साढे १० बजेको समयलाई टिपेक्स्ट लगाएर साढे ३ बजे बनाइएको समाचारहरू प्रकाशित भएका थिए । भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ३३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको