प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच एक घण्टा छलफल « Khabarhub

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच एक घण्टा छलफल


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच बालुवाटारमा एक घण्टा छलफल भएको छ ।

प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपाका समानन्तर बैठक सुरू भइरहँदा कुनै पनि गुटमा नदेखिएका पूर्वमाओवादी समूहका थापालाई ओलीले आफ्नो समूहमा आउन आग्रह गरेका छन् । तर, थापाले अहिलेसम्म त्यसबारे निर्णय दिएका छैनन् ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। तर दुबै पक्षको आग्रहलाई वेवास्ता गर्दै कुनै गुटको बैठकमा नगएका थापाले फेरि ओलीलाई भेट गरेका हुन् ।

ओलीसँगको भेटअघि थापाले मंगलबार उपाध्यक्ष बामदेव गौतमलाई भैँसेपाटीमा गएर भेटेका थिए । गौतमले पनि आफू कुनै पनि गुटको नभएको भन्दै अहिलेसम्म दुबै पक्षको भेलामा गएका छैनन् ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ३० बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।