प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच एक घण्टा छलफल « Khabarhub

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच एक घण्टा छलफल


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच बालुवाटारमा एक घण्टा छलफल भएको छ ।

प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपाका समानन्तर बैठक सुरू भइरहँदा कुनै पनि गुटमा नदेखिएका पूर्वमाओवादी समूहका थापालाई ओलीले आफ्नो समूहमा आउन आग्रह गरेका छन् । तर, थापाले अहिलेसम्म त्यसबारे निर्णय दिएका छैनन् ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। तर दुबै पक्षको आग्रहलाई वेवास्ता गर्दै कुनै गुटको बैठकमा नगएका थापाले फेरि ओलीलाई भेट गरेका हुन् ।

ओलीसँगको भेटअघि थापाले मंगलबार उपाध्यक्ष बामदेव गौतमलाई भैँसेपाटीमा गएर भेटेका थिए । गौतमले पनि आफू कुनै पनि गुटको नभएको भन्दै अहिलेसम्म दुबै पक्षको भेलामा गएका छैनन् ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ३० बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक