संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने- नयाँ सरकार बनाउँछौँ « Khabarhub

संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने- नयाँ सरकार बनाउँछौँ


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाहाल-नेपाल समूहले संसदीय दलको नेता चुनेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने उद्घोष गरेका छन् ।

संसद भवनमा बोल्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर प्रतिनिधिसभा पुनर्स्थापित गर्ने र गणतन्त्र जोगाउन पहल गर्ने पनि बताए ।

‘सबै राष्ट्रिय राजनीतिक दलहरुसँग एकतावद्ध बनाएर जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ,’ दाहालले भने ।

चुनौतीको समयमा संसदीय दलको नेता चयन भएको भन्दै प्रचण्डले प्रतिनिधिसभालाई जीवित राख्न आफुले पहल गर्ने दाबी समेत गरे ।

‘निकै ठूलो चुनौतीको समयमा मैले यो जिम्मेवारी पाएको छु । मेरो कोशिस नेपालमा नेपाली जनताले गरेको आन्दोलनमार्फत समावेशी लोकतन्त्र र प्रतिनिधिसभालाई जीवन्त राख्न मैले पहल गर्छु,’ दाहालले भने, ‘सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै संसदलाई जिवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले पहल गर्नेछु ।’

संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव बैठकमा उपस्थित ११५ सांसदले सर्वसम्मत अनुमोदन गरेको पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता शिवकुमार मण्डलले जानकारी दिए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको उनले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ५८ बजे

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको