दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर « Khabarhub

दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७ जनाको हस्ताक्षर र पार्टीले केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई बुझाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

२९० जनाको नामावली बुझाइए पनि २८७ जनाको हस्ताक्षरसहित मंगलबार पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय आयोगमा बुझाइएको पाण्डेले बताए । ३ जना भने काम विशेषले हस्ताक्षर गर्ने बेलामा छुटेकाले २८७ जनाको हस्ताक्षरसहित बहुमत पार्टी सदस्यको निर्णय आयोगमा पेस गरेको उनले बताए ।

आयोगमा पार्टी निर्णय बुझाउन नेता सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान, श्रीराम ढकाल र आफू पुगेको उनले बताए ।

उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी ४४५ सदस्यी बनाइए पनि तीन जनाको मृत्यु र ८ जनाले राजनीतिक तथा संवैधानिक नियुक्ति पाएपछि नेकपामा ४३४ केन्द्रीय सदस्य छन् ।

तर, दाहाल-नेपाल समूहले पार्टी सदस्यसमेत नरहने गरी ओलीलाई कारबाही गरेको विवरण सार्वजनिक भएपछि मंगलबार ओली समूहको बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा अनौपचारिकरूपमा विभाजन भइसकेको छ । पुस ५ यता ओली र दाहाल-नेपाल समूहको समानन्तर बैठकले आफू अनुकुलका निर्णय तीव्र पारेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ४५ बजे

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता