सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा « Khabarhub

सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने बताए । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताएका हुन् ।

कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न आग्रह गरे।

नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : २४ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक