कोरोना रोकथामका लागि भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यू « Khabarhub

कोरोना रोकथामका लागि भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यू


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बेलायतमा देखा परेको नयाँ स्वरूपको काेराेना भाइरस भारतमा फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यू लागू गरिएको छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिन दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यू आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यू लगाइएको हो ।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यू लगाइएको अधिकारीहरूले जनाएका छन् ।

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन ।

चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्यू  लगाइएको अधिकारीहरूको भनाइ छ ।

भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क