सशस्त्रको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ थापालाई « Khabarhub

सशस्त्रको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ थापालाई


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका अवकास प्राप्त नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ ।

१९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार सहित सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी उत्कृष्ट बाहिनी घोषित भयो। प्रधानमन्त्रीले मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ को पुरस्कार दिएका थिए।

विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलले कठिनाईका समय र प्राकृतीक बिपत्तिको बेला उद्धार कार्यमा असाधारण योगदान पुर्‍याएको बताएका थिए।

बेरुजु फर्स्यौटमा सशस्त्र प्रहरी बलले राम्रो काम गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए।

उनले बललाई समयानुकूल प्रभावकारी बनाउँदै लैजान सरकार गम्भीर रहेको र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा र राम्रो तालिम उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी जनस्तरमा भिजिसकेको र प्रभावकारी सुरक्षा निकायको रुपमा आफूलाई उभ्याउन सफल भएको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न र जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी सधै तयार रहेको बताए।

उनले यसै आर्थिक वर्षको पुष महिना सम्ममा ३६ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको बताए ।

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलको कार्यक्षेत्र भित्रका विविध कामकारवाहीलाई समेटिएको रणनीतिक कौशलयुक्त डेमोष्ट्रेसन तथा सशस्त्र प्रहरी बलको बैण्डद्वारा सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ०५ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार