नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा « Khabarhub

नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् ।

यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका यो पहिलो पटक हो ।

तीन महिनाको समयसीमा दिँदै पाइलटहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् ।

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटहरुले गरेका छन् ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाउँछन् । तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसको कर पनि व्यवस्थापनले नै तिरिदिने गरेको एक पाइलटले बताए । तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् । नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : १८ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा