लागुऔषधसहित चार जना पक्राउ « Khabarhub

लागुऔषधसहित चार जना पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागुऔषधसहित शुक्रवार जिल्लाको नवराजपुर गाउँपालिका–१ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ८५८२ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध डाइलेक्स डिसी सात बोतल र नाइट्राभेट ११ पिस बरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहाको धनगढीमाई नगरपालिका–९ बाट प्रतिबन्धित लागुऔषध गाँजासहित जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साहलाई पक्राउ गरेको छ ।

प्लाष्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागुऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।

प्लाष्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नंको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

त्यस्तै लेनदेन बिगो मुद्दामा जिल्ला अदालत सिरहाबाट सजाय पाएर फरार सिरहाको बरियारपट्टी गाउँपालिका– ५ कजरा निवासी ६२ वर्षीय वेचनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ३६ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले