सरस्वतीलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा « Khabarhub

सरस्वतीलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष  स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा सरस्वती युवा क्लबलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीलाई १–० गोल अन्तरको पराजित गरेको थियो ।

सरस्वतीमाथि जीत निकाल्न मनाङले खेलको ४६ औं मिनेटसम्म कुर्नु परेको थियो । मनाङका लागि विमल रानाले गोल गरे । यो लिगमा उनको व्यक्तिगत गोलसंख्या ४ पुगेको छ ।

मनाङले ८ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा समान १६ अंक रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब लिगको दोस्रो र तेस्रो स्थानमा छन् ।

रेलिगेसन ‘जोन’ मा रहेको सरस्वतीसँग खेल्नु अगाडि मनाङलाई केही दबाबसहित मैदान प्रवेश गरेको प्रशिक्षक धनेश्वर प्रजापतिले बताएका छन् ।

‘हामीलाई आज जसरी पनि जीत निकाल्नु पर्ने थियो । त्यसैले हामीलाई केही डर पनि थियो,’ प्रशिक्षक प्रजापतिले भने,‘पहिलो हाफमा त्यसैले सोचे अनुरुप खेल्न सकेन । मनाङले खराब खेलेरै कठिन भएको हो ।’

मनाङले ८ खेल खेल्दा अपराजित रहेपछि उसले आफूलाई उपाधि दाबेदार भन्न भने डराइरहेको छ । प्रशिक्षक प्रजापति मनाङले राम्रो खेल्न नसके उपाधिमा दाबेदारी प्रस्तुत गर्न नसक्ने स्वीकारेका छन् ।

‘उपाधि दाबेदारीका लागि अझै धेरै मेहनत गर्नु पर्छ । अहिले कै अवस्थामा अगाडि बढ्ने हो भने शीर्ष ३ वा ५ मा अटाउने अवस्था छ,’ प्रशिक्षक प्रजापतिले भने ।

पराजित सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने आफ्नो टोलीका खेलाडीले गोल गर्न नसक्दा समस्या भइरहेको बताएका छन् । ८ खेल खेल्दा १ अंकमात्रै रहेको सरस्वती रेलिगेसनमा पर्ने सम्भावना बढ्दै गएको छ । उसले अहिलेसम्म जीत हात पार्न सकेको छैन ।

शुक्रबारै भएको दोस्रो खेलमा च्यासल युवा क्लबले जीत हात पारेको छ । च्यासलले ब्रिगेड व्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । च्यासलका लागि सन्तोष साहुखलले खेलको अतिरिक्त समयमा गोल गरेका हुन् ।

यो सँगै लिगमा सर्वाधिक गोल कर्ता पनि साहुखल बनेका छन् । उनले लिगको यो सिजनमा ६ गोल गरेका छन् । यहि सिजनमा उनले लिगको इतिहासमा सय गोलको इतिहास पुरा गरेका हुन् । जीतसँगै च्यासल लिगमा ९ अंकसहित आठौं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ८ अंकसहित १० औं स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ०७ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव