लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल « Khabarhub

लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् ।

बैंकको प्रवर्द्धनमा  ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को उद्घाटन गर्दै उनले‍ भने , “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।”

डा नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।

“संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्”, उनले भने, “गरिबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन्, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।”

बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले साना पूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए । जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट ससाना कर्जा पाएका मानिसले व्यावसायिक रुपमा सफलता हासिल गरेको बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरुपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरुपमा कर्जा पाउन नसकेको बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ०० बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा