काठमाडौं उपत्यकामा सवारी दुर्घटना ३ जनाको मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा सवारी दुर्घटना ३ जनाको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर र भक्तपुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाका गम्भिर घाइते भएका दुबैको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै भक्तपुर नगरपालिका–९, च्यामासिंहमा आइतबार साँझ ट्रकको ठक्करबाट एक  बालकको मृत्यु भएको छ ।

बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट घाइते भक्तपुर नगरपालिका–१०, कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : २१ बजे

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वाशिङ्टन डीसी-– अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा