भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प « Khabarhub

भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् ।

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् ।

विमानस्थलबाट मोटेरा स्टेडियम सम्मको २२ किलोमिटर दूरी दुबै नेताले पूरा गर्ने छन् ।

यसबीचमा साबरमती आश्रममा केही बेर आराम गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा ट्रम्पले अहमदाबाद, दिल्ली र आगराको भ्रमण गर्नेछन् ।

ट्रम्पसँगै उनकी पत्नी मेलानिया र छोरी इवान्का पनि रहेका छन् ।

भारतमा अवतरण गर्नु भन्दा केही समय पहिला अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेका थिए ।

‘हम भारत आने के लिए तत्पर हैं । हम रास्ते मे हैं कुछ ही घंटो मे्र हम सबसे मिलेंगे !’ उनले ट्वीटमा लेखेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : २३ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,