कोरोना संक्रमण : कोरियामा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन कांग्रेसको अपिल « Khabarhub

कोरोना संक्रमण : कोरियामा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन कांग्रेसको अपिल


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि बढ्दोरुपमा देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र पठाउँदै त्यहाँ रहेका सम्पूर्ण नेपालीको सुरक्षामा सतर्कता अपनाउन अपिल गरेका हुन् । उनले नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचार अभिवृद्धि गर्दै यस्तो घडीमा एकतावद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका छन् ।

सभापति देउवाले पठाएको पत्रमा भनिएको छ– ‘कोरोना भाइरसको संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहीदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहीको मृत्यु समेत भैसकेको विवरण सञ्चार माध्यमहरुमार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावासमार्फत हुन सक्ने आवश्यक सजगताबारे हामी घच्घच्याई रहेका छौं ।’

कोरियास्थित नेपाली दूतावासले समेत दक्षिण कोरियामा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरिसकेको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : २४ बजे

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय