कोरोना भाइरस नियन्त्रणमा सिंगापुरको शिक्षा | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रणमा सिंगापुरको शिक्षा



काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको छ । कोरोना भाइरस नेपालमा पनि पसिसकेको छ । कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतमा७ जनाको मृत्यु भइसकेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या १५ हजार आसपास छ । विश्वभर ३ लाख ३९ हजार जनामा संक्रमण भएको छ ।

तीन महिनाअघि चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म १८६ मुलुकसम्म पुगिसकेको छ । रोकथाम र महामारी नियन्त्रणका लागि वैज्ञानिकहरु खोप बनाउन जुटिरहेका छन् ।संक्रमण फैलिन नदिन मुलुकहरुले आफ्नो सीमा बन्द गर्ने, कर्फ्यू लगाउने, अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने लगायतका कठोर कदम चालेका छन् ।

कोरोना भाइरसको संक्रमणले सिंगापुरलाई पनि छोएको छ । सिंगापुरमा हालसम्म कोरोना भाइरसबाट ४५५ जना संक्रमित भएका छन् संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । सिंगापुरमा संक्रमण दर पनि अत्यन्त न्यून छ ।

कोरोना भाइरस नियन्त्रणमा सिंगापुरले चालेका कदम विश्वका लागि गतिलो उदाहण बन्न पुगेको छ । सिंगापुरले प्रकोप नियन्त्रणमा गरेको पूर्वतयारी उदाहरणीय मानिएको छ ।

गत डिसेम्बर अन्त्यमा चीनको वुहान शहरमा कोरोना भाइरस संक्रमण देखिन थालेसँगै सिंगापुरले सम्भावित प्रकोप व्यवस्थापनमा ध्यान दियो । यही जनवरी महिनाको अन्त्यमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा गर्दासम्ममा सिंगापुरले सोहीअनुसार तयारी अवस्थामा थियो ।

भाइरसले चीनको स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा पारेको असरबारे पनि सिंगापुर जानकार थियो ।

सिंगापुरसहित दक्षिण कोरिया, ताइवानर हङकङले पनि चीनको हेरेरै तयारी थालेका थिए । विश्वका अरु मुलुकहरु प्नि तयारीमा सुस्त देखिए ।

सिंगापुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका कसैलाई पनि घर पठाइन्न । चीनमा पनि यस्तै गरिएको थियो । वुहानमा दुई ठूला अस्थायी अस्पतालमा ५० हजार भन्दा धेरै शैया थपिएको थियो । सामान्य लक्षण देखिएका संक्रमितलाई चीनले यी शैयामा राखेको थियो ।

होम क्वारेन्टाइन सहज छैन । परिवारका अन्य सदस्यसँग कुनै न कुनै नजिकको सम्पर्क हुन्छ । संक्रमितका लागि बेग्लै शौचालयको नहुन सक्छ । पारिवारिक भेटघाट हुनसक्छ । जान्दा जान्दै पनि वा मानिसमा अरुमा संक्रमण हुन सक्छ ।

सिंगापुरमा भने संक्रमितहरुलाई अस्पतालमै राखिन्छ । अस्पतलाहरुमा सोहीअनुसारको क्षमता विकास गरिएको छ ।

सिंगापुरमा संक्रमितको गतिविधि निगरानी विशेष टोली खटाइएको छ । यो टोलीले संक्रमितको सम्पर्कमा रहेका मानिसहरुको पहिचान गरी उनीहरुको परीक्षको व्यवस्थ मिलाउँछ ।

सिंगापुरमा अधिक व्यक्तिको कोरोना भाइरस परीक्षण गरिेन्छ । संक्रमण देखिएको छैन भने होम क्वारेन्टाइनमा राखिन्छ । त्यहाँ होम क्वारेन्टाइनको नियम पनि कडा छ । हरेक दिन दुईपटक आउने एसएमएसमार्फत आएको लिंकमा क्लिक गरेर आफू घरमै छु भनेर प्रमाणित गर्नुपर्छ ।

यदी कसैले फोन घरमै राखेर बाहिर निस्किएको थाहा भयो भने सुरक्षाकर्मी घरको ढोकैमा आइपुग्छन् ।

सिंगापुरमा सामाजिक सम्पर्क निकै सघन छ । सरकारले मानिसहरुलाई चेतावनीसहितका सन्देश नियमित पठाउने गर्छन् । बिमारी भए घरमै बस्न, कोरोना भाइरसको पुष्टि भएका कसैसँग भेटेको भए परीक्षणका लागि आउन, बाहिर निस्किन अनिवार्य भए मास्कको प्रयोग गर्न, खोक्दा मुख छोप्न र भीडमा नजान बारम्बार आह्वान गर्ने गरेको छ ।

सिंगापुरमा बार र रेष्टुरेन्टहरुलाई ग्राहकको भीडभाड कम गर्न आग्रह गरिएको छ । लकडाउन भने गरिएको छैन । लकडाउन हुँदा व्यापारबाट हुने आयको गुम्न जान्छ । निर्देशन पालना नगरेको भए सरकारले तुरुन्तै बन्द गराउँछ ।

सिंगापुरले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अन्तर मन्त्रालयल कार्यदल बनाएको छ । प्रधानमन्त्रीले टेलिभिजनमा नियमित सम्बोधन गर्छन् ।

सिंगापुरमा सरकारले दिने सन्देश पनि नियमित र पारदर्शी हुन्छ । सरकारले सिंगापुरमै वा विश्वका अन्य देशमा के भइरहेको छ र यसको व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ भनेर सबैलाई स्पष्ट पार्छ ।

सिंगापुरका मानिसहरुमा सरकारप्रति भरोसा पनि धेरै छ ।

सिंगापुरले कोरोना जनचेतनामूलक कार्टुनहरु बनाउने गरेको छ । यस्ता कार्टुन लोकप्रिय छन् । विश्व स्वास्थ्य संगठनले पनि यस्ता कार्टुनहरुलाई विभिन्न भाषामा अनुवाद गरेको छ ।

विद्यार्थीहरुमा कोरोना भाइरसको असर निकै नै कम परको छ । सिंगापुरले विद्यालयहरु बन्द गरेको छैन ।

सिंगापुरमा जनजीवन सामान्य रहेको छ । व्यापार, व्यवसाय, चर्च, विद्यालयहरु आदि बन्द छैनन् तर हरेक क्षेत्रमा रोकथाम र नियन्त्रणका उपायहरु अपनाइएका छन् ।

जनवरीको अन्त्यबाटै सिंगापुरका प्रायः सबै सार्वजनिक अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिएके थियो । श्वासप्रश्वासमा समस्या हुने सबैको परीक्षण गरिन्छ । अस्पतालमा काम गर्नेहरुमा रुघाखोकी देखिएमा तुरुन्तै परीक्षण गरिन्छ ।

संक्रमण पनि पुष्टि नभएका र कोरोना संक्रमितसँग पनि प्रत्यक्ष भेटघाट नगरेकाहरुलाई घर फर्काइन्छ । सरकारले कोही मानिस कुनै कम्पनीमा रोजगारी गर्छ भने उसलाई ५ दिनसम्म घर बस्न मेडिकल सर्टिफिकेट पनि जारी गर्ने गरेको छ । कोही स्वरोजगार छ भने उसलाईआर्थिक सहयोग दिने व्यवस्था छ ।

सिंगापुरले कुनै जादू चलाएको छैन तर नियन्त्रणका कदम प्रभावकारी भएकाले संक्रमण दर न्यून हुन पुगेको हो ।

सिंगापुर क्षेत्रफल र जनसंख्याको हिसाबले निकै सानो मुलुक हो । कोरोना भाइरस नियन्त्रणका लागि चालेका कदम ठूला मुलुकहरुका लागि शिक्षा हुनसक्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ११ बजे

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल