अमेरिकी संसद‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन « Khabarhub

अमेरिकी संसद‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोनाभाइरससँग संकटको सामना गरिररहेको अमेरिकामा संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने जनाएका छन् ।

यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड-१९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ।

सङ्क्रमण भएको हुन सक्नेहरूको परीक्षणका लागि पनि उक्त कोषबाट सहयोग गरिने बताइएको छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए।

यो सँगै अमेरिकामा सङ्घीय सरकारले पछिल्लो चुनौतीसँग जुझ्ने क्रममा खर्च गर्ने रकम करिब ३० खर्ब डलर पुगेको बताइएको छ।

अमेरिकामा गएको एक सातामा थप ४४ लाख सर्वसाधारणहरूले बेरोजगार भए बापत पाउने सुविधा दाबी गर्दै आवेदन दिएका छन् ।

यो सँगै गत मार्च महिनाको मध्यदेखि त्यहाँ बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरूको सङ्ख्या २ करोड ६४ लाख पुगेको छ।

उक्त सङ्ख्या अमेरिकी जनशक्तिको १५ प्रतिशत भन्दा बढी रहेको बताइएको छ। तर पछिल्लो तथ्याङ्कका अनुसार अमेरिकामा बेरोजगार भएको भन्दै आवेदन दिनेहरूको सङ्ख्या भने घट्दै गएको बताइएको छ।

विश्लेषकहरूका अनुसार द ग्रेट डिप्रेसन भनिने सन् १९२९ देखि १९३० सम्मको अवधिपछि विश्व यति ठूलो आर्थिक सङ्कटको सामना गर्दै छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी अर्थतन्त्र यो वर्ष ५.९ प्रतिशतले सङ्कुचित हुन सक्ने अनुमान गरेको छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकिएको छ र बेरोजगारी बापत पाइने सुविधाका लागि आवश्यक पर्ने योग्यताको विस्तारका साथै उनीहरूलाई दिइने रकमको दायरा पनि बढाइएको छ।

उक्त प्याकेज अन्तर्गत महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानुनमा गरिएको छ।

प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ।

एप्रिल ११ सम्ममा उक्त प्याकेजबाट १ करोड ६० लाख सर्वसाधारणहरू लाभान्वित भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ५८ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको