धार्मिक कार्य घरमै गर्न धर्मगुरुको सुझाव « Khabarhub

धार्मिक कार्य घरमै गर्न धर्मगुरुको सुझाव


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गरेका छन् ।

मुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक आग्रह गरेका हुन्।

केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले केही दिनमै शुरु हुने रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटमा पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गरे ।

मुसलमान समुदायका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएसँगै समुदाय लक्षित सार्वजनिक टीकटिप्पणीप्रति पनि सचेत रहन आह्वान गर्दै मौलानाहरुले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कितको पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन आह्वान गरेको संविधानसभा सदस्य भोला सिद्दिकीले बताए ।

नेपालगञ्जमा बिहीबार आयोजित बैठकमा जामा मस्जिद नेपालगञ्जका मुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मौलानामन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, मदरसा गौसियाका सचिव मोहम्मद हारुन, मुस्लिम सङ्गठन नेपालका सहसंयोजक अतहरहुसेन फारुकीलगायतले कोरोना नियन्त्रणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न तथा धार्मिक एवं सामाजिक सद्भाव सुदृढ गर्न सामूहिक आग्रह गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ५४ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक