कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ।

कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्युठान भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए। पछि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले कोरोनाका कारण उनको मृत्यू भएको पुष्टि गरेका हुन् ।  दिए।

त्यसैगरी खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने ३३ वर्षीया बीमा नाछिरिङ राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उपचारका क्रममा जर्ज इलिट अस्पतालमा उनको मृत्यु भएको हो। एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए।

त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ। बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा मृत्यु भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै उनलाई कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएका समाजसेवी कमल गुरुङ जानकारी दिए।

अहिलेसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुगेको छ। बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमा धेरैजसो पूर्व गोरखा सैनिक रहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २० बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ