कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ।

कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्युठान भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए। पछि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले कोरोनाका कारण उनको मृत्यू भएको पुष्टि गरेका हुन् ।  दिए।

त्यसैगरी खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने ३३ वर्षीया बीमा नाछिरिङ राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उपचारका क्रममा जर्ज इलिट अस्पतालमा उनको मृत्यु भएको हो। एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए।

त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ। बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा मृत्यु भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै उनलाई कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएका समाजसेवी कमल गुरुङ जानकारी दिए।

अहिलेसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुगेको छ। बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमा धेरैजसो पूर्व गोरखा सैनिक रहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा