कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो, कहाँ कतिले ज्यान गुमाए ? « Khabarhub

कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो, कहाँ कतिले ज्यान गुमाए ?


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

कोरोनामहामारीको पछिल्लो स्थिति

विश्वभर

कूल संक्रमित निको भएका कूल मृत्यु

कूल संक्रमित- २७,३३,५९१

निको भएका- ७,५१,४०४

कूल मृत्यु- १,९१,१८५

१. युरोप

कूल संक्रमित-  १२,००,२१७

निको भएका- ३,८०,९३४

कूल मृत्यु-१,१४,३६२

२. उत्तर अमेरिका

कूल संक्रमित- ९,५५,७७१

निको भएका – १,०५,५०२

कूल मृत्यु- ५४,०८०

३. एसिया

कूल संक्रमित – ४,३६,४९९

निको भएका- २,०५,८०६

कूल मृत्यु- १६,२३७

४. दक्षिण अमेरिका

कूल संक्रमित – १,०३,९३१

निको भएका- ४३,६८०

कूल मृत्यु- ५,०९४

५. अफ्रिका

कूल संक्रमित – २८,२२०

निको भएका- ८,५४३

कूल मृत्यु- १,३०१

६. ओसेनिया(अस्ट्रेलिया)

कूल संक्रमित – ८,२३२

निको भएका-६,१९४

कूल मृत्यु-९६

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित