लकडाउनका कारण बागमती तीर्थ यात्रा स्थगित « Khabarhub

लकडाउनका कारण बागमती तीर्थ यात्रा स्थगित


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने बागमती तीर्थ यात्रा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ ।

पशुपतिनाथ मन्दिरबाट शुरु भई चोभारमुनिको कटुवाल दह पुगेर त्यहाँबाट बागमती नदीको उद्गमस्थल बागद्वारसम्मका १०० भन्दा बढी तीर्थमा करिब दुई साता लगाएर गरिने यात्रा भाइरसको सङ्क्रमण नफैलियोस् भनी स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने बागमती तीर्थयात्रा विसं २०३२ मा नदी फोहर भएको भनी स्थगित गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरु भएपछि नदी केही सफा भएकाले विसं २०७५ वैशाख शुक्ल पक्षदेखि सदस्य सचिव ढकालको सक्रियतामा शुरु गरिएको थियो ।

यस वर्ष बागमती तीर्थ यात्रा स्थगित गर्नु परेपनि आगामी वर्षदेखि फेरि निरन्तरता दिइने कोषले जनाएको छ । बागमती तीर्थ यात्रामा सयौँ मानिस सहभागी हुने गर्छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ३८ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक