कोरोना जितेका तामाङ भन्छन् – आत्मबल नै संक्रमण जित्ने बलियो अस्त्र हो « Khabarhub

कोरोना जितेका तामाङ भन्छन् – आत्मबल नै संक्रमण जित्ने बलियो अस्त्र हो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङले आत्मबल बलियो बनाए कोरोनाभाइरसविरुद्धको लडाइँ जित्न सकिने अनुभव सुनाएका छन् ।

उनले भाइरसको संक्रमणबाट बच्न चेतना जरुरी हुने र लागिहाल्यो भने पनि आत्मबल कमजोर बनाउन नहुने बताएका हुन् । नेपालको तेस्रो कोरोना सङ्क्रमित तामाङ विहीबार निको भएर अस्पतालबाट घर फर्किएका हुन् ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालमा उपचारपछि निको भई घर फर्किएका तामाङले कोरोना रोग लागि हाल्यो भने आत्म विश्वास कमजोर नबनाइ उपचार गरेमा निको हुने बताए ।

उनले भने, ‘आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसेँ । उपचारका क्रममा चिकित्सकलेको उत्साहले थप हौसला मिल्यो ।’

चिकित्सकहरुको सल्लाहअनुसार विरामीले औषधी र सन्तुलित आहारा खानुपर्ने तामाङको अनुभव छ । आफू गाउँ फर्केपछि कोरोनासम्बन्धी चेतना प्रवाहमा लागि पर्ने उनले बताए ।

तामाङ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिनाको उपचारपछि कोरोना निको भई धादिङ फर्किएका हुन् ।

उनलाई जिल्ला स्वास्थ्य कार्यालय धादिङले निर्माण गरेको रिकभरी सेन्टरमा एक हप्ता राखी पुनः गाउँ पठाइनेछ । दुवईबाट नेपाल आएका उनी सामान्य रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा टेकु अस्पतालमा जाँच गराउँदा कोरोनाको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ५९ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)