चीनमा शून्यमा झर्‍यो कोरोना भाइरसको संक्रमण दर « Khabarhub

चीनमा शून्यमा झर्‍यो कोरोना भाइरसको संक्रमण दर


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा काेराेना भाइरस महामारी फैलिन शुरु भएयता पहिलाे  पटक शनिबार एक जना पनि सङ्क्रमित

थपिएका छैनन् । चीनमा पछिल्लाे २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको छ ।

चीनमा आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका हुन् । दुई जना भने शंकास्पद देखिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

गएकाे वर्षकाे अन्त्यतिर चीनकाे वुहान शहरबाट नै सङ्क्रमण सुरु भएकाे थियाे र त्यसकाे केही महिनामा नै पूरै विश्व महामारीकाे चपेटामा परेको छ ।

तर मार्च महिनाबाट चीनमा सङ्क्रमण हुने दरमा निकै कमी आयाे, यसाे हुनुमा प्रतिबन्धकाे कडा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएकाे छ । यता समाचार एजेन्सी राेयटर्सका अनुसार चीनमा बाहिरबाट आएका मानिसमा सङ्क्रमण देखिने क्रम बढिरहेकाे छ । तीमध्ये धेरैजसाे यस्ता चिनियाँ नागरिक छन्, जाे विदेशबाट फर्किरहेका छन् ।

कोरोना भाइरसको उद्गमविन्दु वुहानमा पनि याे महिना पहिलाे पटक केही इलाकामा सङ्क्रमण देखिएकाे थियाे । वुहानमा गएकाे अप्रिल ८ तारिखमा लकडाउन हटाइएकाे थियाे ।

हाल चीनमा एक जनामा पनि संक्रमण नदेखिए पनि सामाजिक दूरी कायम गरी अन्य आर्थिक तथा सामाजिक गतिविधिहरु थालिएका छन् । चीनका शैक्षिक संस्थाहरु पनि खुल्न थालिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३० बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक