जर्मन बुण्डेसलिगामा बोरूसियासँग वुल्फवर्ग पराजित « Khabarhub

जर्मन बुण्डेसलिगामा बोरूसियासँग वुल्फवर्ग पराजित


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग वुल्फवर्ग २- ० ले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले १० खेलाडीमा सीमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जीतमा राफेल गुइरेरियो र आच्रफ हाकिमीले एक एक गोल गरे । वुल्फवर्गको मैदानमा ३२ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७८ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई २-० को सहज जीत दिलाए ।

खेलको ८० औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्ड खाएपछि अन्तिम १० मिनेट वुल्फवर्ग १० खेलाडीमा समेटिएको थियो । जीतसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा यथावत छ । 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ४१ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह