कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर ११४ नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर ११४ नेपालीको मृत्यु


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म बेलायतमा ६५ जना नेपालीको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ तथा अमेरिकामा १६ जनाको मृत्यु भएको छ ।

यस्तै साउदी अरबमा ७, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृतक ५० देखि ९० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५३ प्रतिशत रहेको एनआरएनएले जनाएको छ । नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : १८ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक