कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर ११४ नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर ११४ नेपालीको मृत्यु


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म बेलायतमा ६५ जना नेपालीको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ तथा अमेरिकामा १६ जनाको मृत्यु भएको छ ।

यस्तै साउदी अरबमा ७, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृतक ५० देखि ९० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५३ प्रतिशत रहेको एनआरएनएले जनाएको छ । नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : १८ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ