आजदेखि विद्युतीय शवदाह गृह सञ्चालन « Khabarhub

आजदेखि विद्युतीय शवदाह गृह सञ्चालन


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राविधिक समस्या आएपछि केही दिन बन्द रहेको पशुपतिस्थित  नेपालको एक मात्र विद्युतीय शवदाह गृह आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो ।

शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले निर्मलीकरण प्रक्रिया पूरा भएको हुँदा आइतबारदेखि पुनः चालू गरिने जानकारी दिएका हुन् ।

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको शव दाह गृह अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको उनले जानकारी दिए ।

कोरोना संक्रमित सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।

यो पनि पढौं

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ११ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००