यो साताको लभ राशिफल, कसको भाग्य कस्तो ? « Khabarhub

यो साताको लभ राशिफल, कसको भाग्य कस्तो ?


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिसको जीवनमा प्रेम अनुकुल नहुन सक्छ । यस अलावा राशी अनुसार पनि मानिसको प्रेम निर्धारित हुने गर्दछ । जस अनुसार यो साता कुन राशीका लागी प्रेमका लागी अनुकुल छ ?

हेर्नुहोस् राशी अनुसारको फल

मेष राशी
यो साता मेष राशीका ब्यक्तिका लागी सम्बन्धको दृष्टिकोण सकारात्मक रहने छ । अन्य दिनभन्दा प्रेम जीवन घनिष्ठ हुनेछ । यस अलावा तपाईको पुरा ध्यान घर परिवार प्रति केन्द्रित हुनेछ ।

वृष राशी
वृष राशीका ब्यक्तिका लागी सम्बन्ध प्रति केहि सचेत हुन आवश्यक छ । आफ्नो रीसमा नियन्त्रण पाउन र कुनै पनि गलत मानसिकता त्याग्न जरुरी हुन्छ । अन्यथा प्रेम जीवनमा दरार आउन सक्छ ।

मिथुन राशी
मिथुन राशीका ब्यक्तिको मन प्रेमका बिषयमा बिचलित हुनेछ । सम्बन्धमा खासै सुधार नआउने भएकाले हरेक चिजमा समस्या उत्पन्न हुनसक्छ । यो साता मानसिक तनावमा घेरीनु पर्ने हुनसक्छ ।

कर्कट राशी
घर परिवारका प्रति समर्पण बढ्ने दिन भएकाले कर्कट राशीका ब्यक्तिका लागी स्वतः जीवन साथीद्वारा सुख प्राप्त गर्ने समय रहेको छ । तर कुनै पनि नकारात्मक विचार नपाल्नुहोला यसले भने घाटा पुर्याउनेछ ।

सिंह राशी
सिंह राशीका ब्यक्तिको ध्यान पुर्णत आज कर्म र परिवार प्रति रहनेछ । घरका सबै समस्या समाधान गर्ने मनसाय राख्ने यस राशीले प्रेमका लागी समय छुट्याउन आवश्यक छ । रिसमा नियन्त्रण गरी प्रेमीलाई साथ दिनुहोला ।

कन्या राशी

कन्या राशीका ब्यक्तिले सम्बन्धमा सकारात्मक दृष्टिकोण बनाइराख्न आवश्यक छ । साना तिना कुरामा रिसाउन छाडेर जीवनसाथीलाई सुख दिएमा सहजै उबाट सुख प्राप्त हुने योग छ । बोलीमा ध्यान पुर्याउनुहोला ।

तुला राशी
तुला राशीका ब्यक्तिका लागी यो साता लाभाकारी हुनेछ । जीवनसाथीद्वारा सहयोग मिल्नाले प्रेममय समय बन्नेछ । आपसी समझदारीमा परिवार र सन्तान प्रति ज्यादा जागरूक हुने र निर्णय लिने परिस्थिति बन्नेछ ।

वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यो साता प्रेममय बन्ने र सम्बन्ध प्रगाढ़ हुने समय छ । तर प्रेमी प्रति ध्यान बनाई राख्न आवश्यक छ । अन्यथा कुनै पनि कारणले सम्बन्ध बिग्रन सक्छ ।

धनु राशी
धनु राशीका ब्यक्तिले आफ्नो वाणीमा नियन्त्रण राख्न जरूरी छ । क्रोध वा उत्तेजनामा आएर कुनै पनि बिषयमा नबोल्नु होला अन्यथा प्रेम जुट्ने भन्दा फुट्ने समय छ । यो प्रेमका लागी अनुकुल समय होइन ।

मकर राशी
जीवनसाथीका साथसाथ अन्य सम्बन्धमा पनि यो समय प्रेमका लागी अन्य समयभन्दा विशेष समय हो । घर परिवारका सबै चिन्ता कम गर्न जीवनसाथीको पूर्ण सहयोग आवश्यक हुन्छ जसका लागी तपाई रोमान्टिक बन्न आवश्यक छ ।

कुम्भ राशी
जीवनसाथीका साथै अन्य सम्बन्ध तुलानात्मक रुपमा अन्य समयभन्दा अनुकुल छ । तर परीवार प्रति बढि ध्यान केन्द्रित हुने भएकाले जीवनसाथीसंगको प्रेममा कमी आउनेछ । यो ब्यालेन्स बनाउन तपाईको सुझबुझ आवश्यक छ ।

मीन राशी
मीन राशीका ब्यक्तिका लागी यो साता परिवार प्रति समर्पण भाव हुने योग छ । सानातिना बिषयको तनाव झेल्नु परेपनि जीवनसाथीसंगको सम्बन्ध भने घनिष्ठ हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ४१ बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले