राष्ट्रियसभाका सांसदको लोगो नयाँ नक्सा अनुसार अध्यावधिक गरिने « Khabarhub

राष्ट्रियसभाका सांसदको लोगो नयाँ नक्सा अनुसार अध्यावधिक गरिने


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका सांसदको लोगो नयाँ नक्सा अनुसार अध्यावधिक गरिने भएको छ । आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जारी भएको नयाँ नक्सा अनुसार लोगो अध्यावधिक गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको बैठकमा सहभागी एक सा‌सदले जानकारी दिए ।

त्यस्तै बैठकमा संघीय संसदका दुबै सदनमा माननीय सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ।

त्यस्तै बैठकले जेठ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक सो दिन मुस्लिम समुदायको महान पर्व ईदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १२ : ४१ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार