प्युठानमा हुरीले घरका छाना उडायो, ६ लाख बढीको क्षति « Khabarhub

प्युठानमा हुरीले घरका छाना उडायो, ६ लाख बढीको क्षति


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका घरमा गारोसमेत भत्केर छाना उडेको छ ।

आरुपाटाका डोरे खत्री र चन्द्रे सुनारका गोठमा लगाइएको टिनको पाता पनि उडेको गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।
उनकाअनुसार तीन घर र दुई गोठबाट छानामा लगाइएको टिनसहित करीब ६ लाखको क्षति भएको छ ।

छानो उडाएकामध्ये परियार र शिवबहादुरको गत वर्ष खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत गौमुखी गाउँपालिकाको सहयोगमा निर्माण भएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १ : ३० बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई