संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै « Khabarhub

संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नरैनापुर गाउँपालिकामा ११४ कोरोना संक्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।

गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेको हो । नरैनापुरमा एकको मृत्यु समेत भइसकेको छ ।

उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाले अनुमान गरेको छ ।

तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अघि बढाउने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको बोधार्थपत्रमा लेखिएको छ । नरैनापुरमा कोरोना संक्रमितलाई भगाउनेहरु सक्रिय रहेकाले सुरक्षाको माग गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए । नरैनापुर नेपालमा कोरोना संक्रमित सबैभन्दा बढी हुने स्थानीय तह बनेको छ । यहाँका क्वारेन्टिनमा भारतबाट नेपाल भित्रिने क्रम जारी छ ।

शिक्षा र चेतनाको कमीका कारण नरैनापुरमा कोभिड–१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट अझै हजारौंँ मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ ।

नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ । बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको छ । ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिस प्रवेश गरिरहेका छन् । गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, सबै क्वारेन्टाइनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टिनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिस ओइरिरहेका छन् । यस गाउँपालिकामा मात्रै हालसम्म ८०० जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १ : १५ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण