सांसदको प्रतीकचिह्न नेपालको नक्शानुसार परिमार्जन गरिने « Khabarhub

सांसदको प्रतीकचिह्न नेपालको नक्शानुसार परिमार्जन गरिने


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ३ : ३३ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर