संक्रमितको पीडा : न त एम्बुलेन्स, न आइसोलेशन | Khabarhub Khabarhub

संक्रमितको पीडा : न त एम्बुलेन्स, न आइसोलेशन


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ ।

यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्‍याउन सकिएको छैन ।

नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ ।

बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ ।

शुक्रबार बिहान वाणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था आजसम्म भएको छैन । संक्रमित बालिका आजसम्म पनि घरमै छिन् ।

सोही दिन बालिकासँगै कोरोना संक्रमण पुष्टिको रिपोर्ट आएका बाणगङ्गा ११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमा पुर्‍याइएको थियो । वाणगङ्गा –४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन ।

कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले भने, “यो बेला समस्या त हुन्छ तर हामी समस्यालाई मात्र हेरेर बस्ने होइन ।”

विपद्का समयमा स्थानयवासीको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए ।

संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उनले जानकारी दिए । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

त्यस्तै मायादेवी गाउँपालिकाले पनि आफ्नै पालिकामा १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिए । पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ ।

यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् । ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पुर्‍याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् ।

शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उहाँ आफ्नै स्कुटर चलाएर बुटवलस्थित कोरोना अस्पताल पुगे । उनले भने, “सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुपर्‍यो ।”

यस्तै शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुर्‍याइयो ।

कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ ।

यता आज मात्र वाणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको नगर प्रमुख मंगलप्रसाद थारुले बताउनुभयो । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको वाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउने काम शुरु गरेको छ ।

नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्यचौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आज साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी छविरेश्मी मगरले वाणगङ्गा–४, जीतपुरमा निर्माणाधीन आफ्ना १८ कोठासहितको ६ तले घर नै आइसोलेसन सेन्टर निर्माणका लागि उपलब्ध गराउन तयार भए पनि निर्माण सम्पन्न हुँदासम्म ढिलाइ हुने भएकाले अन्य विकल्प खोजिएको बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ४ : ३० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको