नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौतटह स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सर्लाही हरीपुरका ४८ वर्षीया पुरुष, रुपन्देहीका ३२, ४० र ५०  वर्षीय पुरुष, काठमाडौं सोह्रखुटेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीय पुरुषहरु, कपिलवस्तुका ३ जना ३५, ३७ र ५२ वर्षीय पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।

जसमध्ये पुरुषहरु ५ सय २४ जना र महिलाहरु ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन् ।

नुवाकोटमा संक्रमित भेटिएसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

यस्तो छ प्रादेशिक विवरण

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक विवरण अनुसार प्रदेश नम्बर १ का ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

जसमा हालसम्म ८६ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश २ मा रहेका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेश २ को ८ वटै जिल्लामा १ सय ७९ जना संक्रमित भेटिएका छन् ।

यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने गण्डकी प्रदेशका ३ जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदुरपश्चिमका ४ जिल्लामा १४ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डा देवकोटाका अनुसार नारायणी अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरु बारा, पर्सा र रौतहटका रहेका छन् । यस्तै बुटवलको धागो कारखानाको आइसोलेनमा रहेका १० जना पनि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल ८७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ४ : २९ बजे

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएकाले गभर्नर नियुक्तिमा चलखेल भयो : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा

दासढुङ्गामा मदनआश्रित स्मृतिसभा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र

सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

काठमाडौं– सरोकारवालाहरूले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या

अनियमितता गर्ने १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको

बाटो मर्मत तथा पुनर्निर्माणमा जापानले सहयोग गर्ने 

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो