काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट आएको खुल्यो « Khabarhub

काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट आएको खुल्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिका वडा नम्बर-१६ सोह्रखुट्टेका संक्रमित चैत ३ गते अष्ट्रेलियाबाट नेपाल आएको खुलेको छ ।

नगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालका अनुसार ६९ वर्षका ती वृद्ध पुरुष चैत ३ गते नेपाल आएका थिए ।

वडा अध्यक्ष रिजालका अनुसार उनी चैत महिलामा विदेशबाट आएको खुलेको जानकारी पाएपछि वडा कार्यालयले उनलाई केही दिन अघि नै कोरोना परीक्षण गर्न सुझाएको थियो ।

वडा कार्यालयले ती वृद्धसँगै उनका परिवारलाई समेत कोरोना परीक्षण गर्न पठाएको थियो । परीक्षणको क्रममा ती वृद्ध पुरुषमा कोरोना संक्रमण देखिएको वडा अध्यक्ष रिजालको भनाइ छ ।

उनले भने, ‘उहाँ चैत ३ गते अष्ट्रेलियाबाट आउनु भएको जानकारी आएपछि हामीले केही दिन अघि टेकुमा कोरोना परीक्षण गर्न पठाएका थियौं, उहाँको रिपोर्ट ढिला आयो, कोरोना पुष्टि भएपछि उहाँलाई कोरोना अस्पतालमा लगिएको छ ।’

परिवारका अन्य सदस्यहरुमा भने संक्रमण नदेखिएको वडा अध्यक्ष रिजालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नियमित लाइभ अपडेटमा आज (आइतबार) काठमाडौंका– १६ का ती पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती पुरुष सोह्रखुट्टेका भएको बताए पनि वडा अध्यक्ष रिजालले भने ती संक्रमित पुरुष कलधाराका स्थानीय पुरुष भएको बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ४९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र