काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट आएको खुल्यो « Khabarhub

काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट आएको खुल्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिका वडा नम्बर-१६ सोह्रखुट्टेका संक्रमित चैत ३ गते अष्ट्रेलियाबाट नेपाल आएको खुलेको छ ।

नगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालका अनुसार ६९ वर्षका ती वृद्ध पुरुष चैत ३ गते नेपाल आएका थिए ।

वडा अध्यक्ष रिजालका अनुसार उनी चैत महिलामा विदेशबाट आएको खुलेको जानकारी पाएपछि वडा कार्यालयले उनलाई केही दिन अघि नै कोरोना परीक्षण गर्न सुझाएको थियो ।

वडा कार्यालयले ती वृद्धसँगै उनका परिवारलाई समेत कोरोना परीक्षण गर्न पठाएको थियो । परीक्षणको क्रममा ती वृद्ध पुरुषमा कोरोना संक्रमण देखिएको वडा अध्यक्ष रिजालको भनाइ छ ।

उनले भने, ‘उहाँ चैत ३ गते अष्ट्रेलियाबाट आउनु भएको जानकारी आएपछि हामीले केही दिन अघि टेकुमा कोरोना परीक्षण गर्न पठाएका थियौं, उहाँको रिपोर्ट ढिला आयो, कोरोना पुष्टि भएपछि उहाँलाई कोरोना अस्पतालमा लगिएको छ ।’

परिवारका अन्य सदस्यहरुमा भने संक्रमण नदेखिएको वडा अध्यक्ष रिजालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नियमित लाइभ अपडेटमा आज (आइतबार) काठमाडौंका– १६ का ती पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती पुरुष सोह्रखुट्टेका भएको बताए पनि वडा अध्यक्ष रिजालले भने ती संक्रमित पुरुष कलधाराका स्थानीय पुरुष भएको बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ४९ बजे

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र