संविधान संशोधनको प्रस्तावलाई कांग्रेसको समर्थन (भिडियोसहित) « Khabarhub

संविधान संशोधनको प्रस्तावलाई कांग्रेसको समर्थन (भिडियोसहित)


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा समर्थन जनाएको हो ।

यसैगरी कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ । बैठकले सुगौली सन्धीका आधारमा अहिले विवादित रहेको भूमि नेपालको रहेको र उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको नक्सा जारी गरेपछि संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका बारेमा छलफल गर्न केन्द्रिय समिति बैठक समेत बोलाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले कोरोना विरुद्धको अभियानमा सरकारले काम गर्न नसकेको निष्कर्ष निकाल्दै युद्धस्तरमा कार्य गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि कांग्रेसस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना र लक डाउन भएको २ महिना पूरा हुंदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टाइनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु सरकारको गैह्र जिम्मेवारी र असक्षमताका रूपमा बैठकले लिएको छ ।’

सरकारले शुल्क तिरेर समेत कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरेकोमा कांग्रेसले पीसीआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन समेत माग गरेको छ । कांग्रेसले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्नका लागि व्यवस्थित कार्ययोजना बनाउन समेत अपिल गरेको छ ।

विदेशमा मृत्यु भएका करिब दुई सय भन्दा बढी नेपालीको शव नेपाल ल्याउने व्यवस्था गर्न माग गर्दै कांग्रेसले एकल महिला र अपांगता भएका नागरिकहरुको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठकको निर्णय भिडियोमा हेरौं

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ४३ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा